२०८३ वैशाख १९ गते शनिवार | May 02, 2026

गृहपृष्ठ कोपा अमेरीका :अहिलेसम्म ३१ खेलाडीमा कोरोना पोजेटिभ

कोपा अमेरीका :अहिलेसम्म ३१ खेलाडीमा कोरोना पोजेटिभ

कोपा अमेरीकी फुटबल प्रतियोगितामा सहभागि १० टिमका कुल ३१ जना खेलाडी र १० जना होटेल कर्मचारीमा कोरोना पोजेटिभ देखिएको बताएको छ ।

ब्राजिलको हेल्थ मिनिस्टर मार्सेलो क्विरोगाले मंगलबार १० दिन पहिले गरेको सबै खेलाडी र पदाधिकारीका परिक्षणमा यति धेरैमा पोजेटिभ पाइएको जनाएको छ ।

खेलाडी बसेको होटेलका कर्मचारीको परिक्षण गर्दा उनीहरुमा पनि १० जनामा पोजेटिभ पाइएको छ ।

कोपा अमेरीका अन्तिम समयमा ब्राजिलमा सार्दा कोरोनाको निकै त्रास रहेको थियो । सबै देशका खेलाडी प्रतियोगिता खेल्न आउँदा गरिएको परिक्षणमा ३१ खेलाडीमा पोजेटिभ देखिएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार