२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ बंगलादेशको फराकिलो जित

बंगलादेशको फराकिलो जित

एजेन्सी । घरेलु टिम जिम्बावेविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा बंगलादेशले फराकिलो जित निकालेको छ ।

हरारेमा शुक्रबार भएको खेलमा बंगलादेशले जिम्बावेलाई १ सय ५५ रनले हराएको छ ।

बंगलादेशले दिएको २ सय ७७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको जिम्बावेले २८ ओभर ५ बलमा अलआउट हुँदै १ सय २१ रन मात्र बनाउन सक्यो ।

जिम्बावेका लागि रेगिस चाकबभाले ५४ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान ब्रेण्डन टेलरले २४ तथा डियोन मेयर्सले १८ रन बनाए ।

जिम्बावेलाई सस्तैमा समेट्न शकिब अल हसन एक्लैले ५ विकेट लिए । हसन एकदिवसीयमा बंगलादेशका लागि सर्वाधिक विकेट लिने खेलाडी समेत बने । उनले २ सय १३ एकदिवसीयमा २ सय ७४ विकेट लिएका छन् ।

यस अघि पहिले ब्याटिङ गरेको बंगलादेशले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७६ रन बनाएको थियो ।

बंगलादेशका लागि लिटोन दासले १ सय २ रनको शतकीय इनिङ्स खेले । यस्तै अफिफ होसेनले ४५ रन जोड्दा महमुदउल्लाहले ३३ रन बनाए । मेहदी हसन मिराजले २६ रन जोडे ।

जिम्बावेका लुकले ३ विकेट लिए । यस्तै ब्लेसिङ मुजराबानी र रिचार्डले २/२ विकेट लिए ।

यस जितसँगै बंगलादेशले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।

Story Image

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार