२०८३ असोज १५ गते बिहीवार | October 01, 2026

गृहपृष्ठ बंगलादेशद्वारा क्लिन स्विप

बंगलादेशद्वारा क्लिन स्विप

एजेन्सी । बंगलादेशले घरेलु टिम जिम्बावेविरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा क्लिन स्विप गरेको छ ।

हरारेमा मंगलबार भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा जिम्बावेलाई ५ विकेटले पराजित गर्दै बंगलादेशले सिरिज ३-० ले आफ्नो बनाएको हो ।

जिम्बावेले दिएको २ सय ९९ रनको लक्ष्य बंगलादेशले ४८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।

बंगलादेशको जितमा कप्तान तमिम इकबालले १ सय १२ रनको शतकीय इनिङ्स खेले । नुरुल हसनले अविजित ४५ रन जोडे ।

लिटोन दासले ३२, शकिब अल हसन र मोहमद मिथुनले समान ३० रन बनाए । आफिफ होसेनले अविजित २६ रन बनाए ।

शकिब अल हसनले अविजित रहदै ९६ रनको अर्धशतकीय इनिङ्स खेले । मोहमद सैफुदीन २८ रनमा अविजित रहे ।

जिम्बावेका डोनाल्ड तिरीपानो र वेस्ली माधिभेरेले २/२ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको जिम्बावेले ४९ ओभर ३ बलमा अलआउट हुँदै २ सय ९८ रन बनाएको थियो ।

जिम्बावेका लागि रेगिस चाकबभाले ८४ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै रायन ब्रुलले ५९ तथा शिकन्दर राजाले ५७ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । डियोन मेयर्सले ३४ तथा कप्तान ब्रेण्डन टेलरले २८ रन बनाए ।

बलिङमा बंगलादेशका मोहमद सैफुदीन र मुस्ताफिजुर रहमानले ३/३ विकेट लिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार