२०८३ मंसिर १३ गते शनिवार | November 28, 2026

गृहपृष्ठ इंग्ल्यान्डलाई टी-ट्वान्टी सिरिज

इंग्ल्यान्डलाई टी-ट्वान्टी सिरिज

एजेन्सी । पाकिस्तानविरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिज इंग्ल्यान्डले जितेको छ  ।

मंगलबार राति भएको तेस्रो तथा अन्तिम टी-ट्वान्टीमा ३ विकेटको जित निकाल्दै इंग्ल्यान्डले सिरिज २-१ ले आफ्नो बनाएको हो ।

पाकिस्तानले दिएको १ सय ५५ रनको लक्ष्य इंग्ल्यान्डले १९ ओभर ४ बलमा ७ विकेट गुमाएर पूरा गर्यो ।

इंग्ल्यान्डको जितमा जासन रोयले ६४ रनको अर्धशतकीय इनिङ्स खेले । डाविड मालनले ३१ रन जोड्दा जोस बट्लर र कप्तान इयान मोर्गनले समान २१ रन बनाए ।

पाकिस्तानका मोहमद हाफिजले ३ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो ।

उसका मोहमद रिजवानले अविजित रहदै ७६ रनको अर्धशतकीय इनिङ्स खेले । फखर जमानले २४ रन बनाए ।

इंग्ल्यान्डका आदील राशिदले ४ विकेट लिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार