२०८३ असार २१ गते आइतवार | July 05, 2026

गृहपृष्ठ टोकियो ओलम्पिक : सोनिया पहिलो खेलमै पराजित

टोकियो ओलम्पिक : सोनिया पहिलो खेलमै पराजित

काठमाडौं । टोकियो ओलम्पिकमा नेपालकी जुडो खेलाडी सोनिया भट्ट पहिलो खेलमै पराजित भएकी छिन् ।

शनिबार भएको राउण्ड अफ ३२ अन्तर्गत महिलाको ४८ केजी तौल समूहमा सोनिया रुसी खेलाडी डोल्गोभा इरिनासँग पराजित भएकी हुन् ।

१९ वर्षीय सोनिया विश्व वरीयताको नवौं स्थानमा रहेकी रुसी खेलाडी इरिनासँग इप्पोनको आधारमा पराजित भईन् । सोनियाले १ मिनेट १६ सेकेण्डमै खेल गुमाएकी थिइन् ।

सोनिया वाइल्ड कार्ड प्राप्त गर्दै ओलम्पिकमा छनोट भएकी हुन् ।

May be an image of 1 person, standing, indoor and text that says 'MENOO TOKYO2020 2020 TOKYO TOKYO 2020'

सोनिया नेपालमा आयोजना भएको १३ औं सागकी कास्यधारी खेलाडी हुन् । सोनियाले महिला ४८ केजीमुनि कास्य जितेकी थिइन् ।

उनी विश्व जुडो च्याम्पियनसिपमा एक बाउट जित्ने पहिलो नेपाली खेलाडी हुन् ।

May be an image of 1 person, standing and indoor

इरिना भने रुस ओलम्पिक कमिटिको झण्डामुनि रहेर प्रतिस्पर्धा गरिरहेका छिन् ।

डोपिङको कारण प्रतिबन्धमा पर्दा रुसले ओलम्पिकमा देशको नाममा सहभागिता जनाएका छैनन् ।

तर, स्वतन्त्र रुपमा ओलम्पिकको झण्डामुनि बसेर रुसका खेलाडीले ओलम्पिक खेलिरहेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार