२०८३ असार २४ गते बुधवार | July 08, 2026

गृहपृष्ठ आईपीएलको बाँकी खेल सेप्टेम्बर १९ बाट

आईपीएलको बाँकी खेल सेप्टेम्बर १९ बाट

एजेन्सी । युएईमा आयोजना हुने ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेटको बाँकी खेलहरु सेप्टेम्बर १९ बाट सुरु हुने भएको छ ।

बीसीसीआईले आइतबार एक विज्ञप्ति जारी गर्दै आईपीएलको बाँकी खेलहरु १९ सेप्टेम्बर हुने जनाएको छ । फाइनल खेल अक्टोबर १५ मा हुने बीसीसीआईले जनाएको छ ।

बीसीसीआईले २७ दिनमा बाँकी ३१ खेलहरु सकिने जनाएको छ । खेलहरु दुबई, आबुधाबी र सारजाहमा हुनेछ ।

कोरोना भाईरसको दोस्रो लहरको संक्रमण बढेसँगै आईपीएल अनिश्चितकालका लागि स्थगित गरिएको थियो।

प्रतियोगितामा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा रहेको छ । दिल्लीले ८ खेलमा १२ अंक जोडेको छ ।

यस्तै चेन्नई दोस्रो र बैंगलोर तेस्रो स्थानमा रहेको छ ।

No description available.

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार