२०८३ असार २४ गते बुधवार | July 08, 2026

गृहपृष्ठ पहिलो टी-ट्वान्टीमा भारत विजयी

पहिलो टी-ट्वान्टीमा भारत विजयी

एजेन्सी । घरेलु टिम श्रीलंकाविरुद्धको पहिलो टी-ट्वान्टी क्रिकेटमा भारतले जित निकालेको छ ।

कोलम्बोमा आइतबार भएको खेलमा भारतले श्रीलंकालाई ३८ रनले पराजित गरेको हो ।

भारतले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १८ ओभर ३ बलमा अलआउट हुँदै १ सय २६ रन मात्र बनाउन सक्यो ।

श्रीलंकाका चारिथ असलंकाले ४४ रन बनाए । अभिष्का फर्नान्डोले २६ रन जोड्दा डसुन शनकाले १६ रन बनाए ।

Image

घरेलु टोलीलाई सस्तैमा समेट्न भारतका भुवनेश्वर कुमारले ४ विकेट लिए । दिपक चाहरले २ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो ।

भारतका सूर्यकुमार यादवले ५० रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान शिखर धवनले ४६ रन जोड्दा सन्जु सामसनले २७ तथा इशान किशनले अविजित २० रन बनाए ।

श्रीलंकाका दुश्मन्था चामिरा र वानिन्दु हसरंगाले २/२ विकेट लिए ।

यस जितसँगै भारतले तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।

Image

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार