२०८३ असार २२ गते सोमवार | July 06, 2026

गृहपृष्ठ ए’ डिभिजन लिग सर्यो, अब कात्तिक २९ बाट

ए’ डिभिजन लिग सर्यो, अब कात्तिक २९ बाट

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता कात्तिक अन्तिम साताबाट सुरु हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार यस वर्षको ‘ए’ डिभिजन लिग कात्तिक २९ गतेबाट सुरु हुने जनाएको छ ।

एन्फाले आइतबार ‘ए’ डिभिजनका १४ क्लबसँग छलफल गर्दै लिगको नयाँ मिति तय गरेको हो ।

एन्फाले कात्तिक २९ गतेबाट लिग खेल्न क्लब सहमत भएको जनाएको छ ।

यस अघि एन्फाले शीर्ष लिग असोज ३ गतेबाट सुरु गर्ने जनाएको थियो ।

तर, अक्टोबरको पहिलो साता साफ च्याम्पियनसिप आयोजना हुने कारण लिग पछाडी सारिएको हो ।

साफ आयोजनाको लागि नेपाल र माल्दिभ्सले दाबी पेश गरिसकेको छ ।

एक चरणमा हुने यस पटकको लिगको पुछारका दुई टिम रेलिगेसनमा पर्दै ‘बी’ डिभिजनमा झर्ने छन् ।

अघिल्लो सिजनको उपाधि मछिन्द्र क्लबले जितेको थियो ।

एन्फाले लिगका लागि खेलाडीहरुको दर्ता प्रक्रिया सुरु भइसकेको जनाएको छ ।

बैठकमा एन्फाका महासचिव इन्द्रमान तुलाधर, सहायक महासचिव अरुणमान जोशी, लिग समितिका संयोजक विज्ञानराज शर्मा, लिग निर्देशक सञ्जिब मिश्रलगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार