गृहपृष्ठ पारसको ७७ नम्बरको जर्सी रिटायर्ड !
पारसको ७७ नम्बरको जर्सी रिटायर्ड !
एजेन्सी । नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्काले लगाउँदै आएको ७७ नम्बरको जर्सी अन्तराष्ट्रिय क्रिकेटमा प्रयोग नहुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार पूर्व कप्तान पारसले प्रयोग गरेको जर्सी रिटायर्ड गर्ने निर्णय गरेको हो ।
अलराउण्डर पारसले गत मंगलबार अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका थिए ।





