२०८३ भदौ ४ गते बिहीवार | August 20, 2026

गृहपृष्ठ मेस्सी पेरिस प्रस्थान

मेस्सी पेरिस प्रस्थान

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँगको सम्झौताका लागि लियोनल मेस्सी फ्रान्सको पेरिस प्रस्थान गरेका छन् ।

अर्जेन्टिनाका कप्तान मेस्सी मंगलबार बार्सिलोनाबाट पेरिस प्रस्थान गरेका हुन् ।

पीएसजीसँग २ वर्षे अनुबन्धको सहमति बनेपछि मेस्सी पेरिस लागेका हुन् ।

६ पटकको बालोन डी ओर विजेता मेस्सीले २१ वर्षपछि बार्सिलोना छाडेर फ्रेन्च क्लबमा आबद्द हुन लागेका हुन् ।

Image

बार्सिलोनाको एकेडेमीमा हुर्किएका मेस्सी ला लिगाको वित्तीय संरचनाको कानुनी अडचनले गर्दा सम्झौता नवीकरण गर्न असफल भएका थिए ।

३४ वर्षीय मेस्सीले २००४ मा बार्सिलोनाको सिनियर टिममा डेब्यु गरेका थिए । त्यसयता मेस्सी टिमको महत्वपूर्ण सदस्य रहदै आएका थिए ।

बार्सिलोनाका कीर्तिमानी खेलाडी मेस्सीले ७ सय ७८ खेलमा ६ सय ७२ गोल गरे ।

मेस्सीले बार्सिलोनाबाट १० ला लिगा उपाधि जित्दा ४ च्याम्पियन्स लिगको उपाधि जिते ।

यस्तै उनले ७ पटक कोपा डेल रे उपाधि हात पारेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार