२०८३ असार १८ गते बिहीवार | July 02, 2026

गृहपृष्ठ मेस्सीले रिम्सविरुद्ध डेब्यु गर्ने

मेस्सीले रिम्सविरुद्ध डेब्यु गर्ने

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेस्सीले रिम्सविरुद्ध खेल्दै फ्रेन्च लिग वानमा डेब्यु गर्ने भएका छन् ।

पीएसजीले आगामी अगस्ट २९ मा रिम्ससँग उसैको मैदानमा खेल्नेछ । त्यस खेलबाट मेस्सीले डेब्यु गर्ने स्काई स्पोर्ट्सले जनाएको छ ।

अर्जेन्टिनाका कप्तान मेस्सीलाई पीएसजीले फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो । बार्सिलोनासँग सम्झौता नवीकरण गर्न असफल भएपछि पीएसजीमा आबद्द भएका हुन् ।

३४ वर्षीय मेस्सीले पीएसजीसँग दुई वर्षको सम्झौता गरेका छन् ।

तर, ६ पटकको बालोन डी ओर विजेता मेस्सीले डेब्यु गर्ने मौका पाएका छैनन् ।

मेस्सी अनुबन्ध भएपछि पीएसजीले एक खेल खेलेको छ । पीएसजीले दुई खेलमा लगातार जित निकालेको छ ।

मेस्सीले पीएसजीको टिमबाट मात्र तीन पटक प्रशिक्षण गरेको बताईएको छ । उनको फिटनेसमा समस्या देखिएको बताईएको छ ।

मेस्सीले प्रि-सिजनको तयारी समेत गर्न पाएका थिएनन् ।

कोपा अमेरिकाको उपाधि जितेपछि मेस्सी केहि समय छुट्टीमा बसेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार