२०८३ असार १७ गते बुधवार | July 01, 2026

गृहपृष्ठ इंग्ल्यान्डमाथि भारतको जित

इंग्ल्यान्डमाथि भारतको जित

काठमाडौं । पाहुना टोली भारतले दोस्रो टेस्ट क्रिकेटमा घरेलु टिम इंग्ल्यान्डलाई पराजित गरेको छ ।

लर्ड्समा सोमबार राति भारतले इंग्ल्यान्डलाई १ सय ५१ रनले पराजित गरेको हो ।

यस जितसँगै भारतले पाँच खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । वर्षाले प्रभावित पहिलो टेस्ट बराबरीमा सकिएको थियो ।

सोमबार भारतले ८ विकेट गुमाएर २ सय ९८ रनमा दोस्रो इनिङ्स समाप्तिको घोषणा गर्दै इंग्ल्यान्डलाई २ सय ७२ रनको लक्ष्य दिएको थियो ।

जवाफी ब्याटिङ थालेको इंग्ल्यान्डले अलआउट हुँदै १ सय २० रन मात्र बनाउन सक्यो । उसका कप्तान जोए रुटले ३३ रन जोड्दा जोस बट्लरले २५ रन बनाए । मोइन अली १३ रनमा आउट भए ।

Mohammed Siraj struck twice in two balls in the final session, England vs India, 2nd Test, Lord's, London, 5th day, August 16, 2021

भारतका मोहमद सिराजले ४ विकेट लिए । जस्प्रित बुम्राहले ३ तथा इशान्त शर्माले २ विकेट लिए ।

त्यस अघि दोस्रो इनिङ्समा भारतका अजिन्का रहानेले ६१ रनको अर्धशतकीय इनिङ्स खेल्दा मोहमद शामीले ५६ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै चेतेश्वर पुजाराले ४५ रन जोड्दा जस्प्रित बुम्राह ३४ रनमा अविजित रहे । ऋषव पन्त २२, रोहित शर्माले २१ र  कप्तान विराट कोहली २० रनमा आउट भए ।

इंग्ल्यान्डका मार्क उडले ३ विकेट लिए । मोइन अली र ओली रोबिनसनले  २/२ विकेट झारे ।

Joe Root tackles a short ball, England vs India, 2nd Test, Lord's, London, 5th day, August 16, 2021

त्यस्तै कप्तान जोए रुटको शतकमा इंग्ल्यान्डले पहिलो इनिङ्समा ३ सय ९१ रन बनाएको थियो ।   कप्तान रुट १ सय ८० रनमा अविजित रहे ।

जोनी बेयर्स्टोले ५७ रनको अर्धशतकीय इनिङ्स खेल्दा रोरी ब्रुन्स ४९ रन बनाए । मोइन अलि २७ र जोस बट्लर २३ रनमा आउट भए ।

भारतका मोहमद सिराजले ४ तथा इशान्त शर्माले ३ विकेट लिए । मोहमद शामीको नाममा २ विकेट रह्यो ।

भारत पहिलो इनिङ्समा ३ सय ६४ रन जोड्दा अलआउट भएको थियो । भारतका लागि केएल राहुलले १ सय २९ रनको शतकीय इनिङ्स खेले ।

India are a pleased bunch as a DRS call goes their way to end Jonny Bairstow's stay, England vs India, 2nd Test, Lord's, London, 5th day, August 16, 2021

रोहित शर्मा ८३ रन बनाएर आउट हुँदा कप्तान विराट कोहली ४२ रनमा आउट भए ।

रविन्द्र जडेजाले ४० तथा ऋषव पन्तले ३७ रन बनाए ।

इंग्ल्यान्डका जेम्स एण्डरसनले ५ विकेट लिए । मार्क उड र ओली रोबिनसनले २/२  विकेट लिए ।

Image

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार