२०८३ असार १६ गते मंगलवार | June 30, 2026

गृहपृष्ठ तालिबानले महिला क्रिकेट टिम बन्द गर्ने डर

तालिबानले महिला क्रिकेट टिम बन्द गर्ने डर

काठमाडौं । विद्रोही समूह तालिबानले अफगानिस्तान कब्जा गरेपछि अफगानिस्तानको महिला क्रिकेट टिम निर्माणको योजना अन्योलमा परेको छ।

टेस्ट राष्ट्रको मान्यता पाएको अफगानिस्तान पछिल्लो समय महिला क्रिकेट टिम निर्माणमा जुटिरहेको छ ।

तर, तालिबानले सत्ता कब्जा गरेसँगै अफगानिस्तानको महिला क्रिकेटको भविष्य अन्योलमा परेको छ ।

अफगानिस्तान क्रिकेट बोर्डले तालिबानले महिला क्रिकेट टिमको योजना बन्द गर्नेमा डर व्यक्त गरेको छ ।

‘मलाई लाग्छ यो रोकिन्छ । तर, यो मेरो व्यक्तिगत धारणा हो,’ बोर्डका सीईओ हमिद शिनवारीले भनेका छन् ।

तालिबानको इस्लामिक कानूनमा महिलालाई हेर्ने दृष्टिकोण फरक रहेको छ । महिलाले शरीर ढाक्ने बुर्खा लगाउनु पर्ने तथा १० वर्ष माथिका छात्राहरु विद्यालय जान नपाउने नियम रहेको छ।

‘मलाई थाहा छैन भविष्यमा के हुन्छ । हामीले खेलाडीलाई तलबमा राखेका छौं । यदि सरकारले निर्णय गर्यो भने हामीले यसलाई रोक्नु पर्नेछ,’ शिनवारीले भने ।

आईसीसीले टेस्ट राष्ट्रले अनिवार्य महिला टिम बनाउनु पर्ने नियम बनाएको छ । जसको लागि अफगानिस्तानले टिम निर्माण गरिरहेको हो ।

अफगानिस्तानले २५ महिला क्रिकेट खेलाडीलाई सेन्ट्रल कन्ट्रयाक्टमा राखेको छ ।

तर, अफगानिस्तानको महिला टिमले हालसम्म कुनैपनि क्षेत्रीय प्रतियोगिता खेलेको छैन

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार