२०८३ असार १५ गते सोमवार | June 29, 2026

गृहपृष्ठ ईपिएलको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनले गर्ने

ईपिएलको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनले गर्ने

काठमाण्डौ । चौथो संस्करण को एभरेस्ट प्रिमियर लिग ( ईपीएल टि-ट्वान्टी ) को नेपालका लागि प्रत्यक्ष प्रसारण अधिकार हिमालय टेलिभिजन एचडीले खरिद गरेको छ ।

यस्तै डिजिटल प्ल्याटफर्ममा प्रशारण गर्ने सम्झौता भने ओएसआर स्पोर्टसले पाएको छ जसले युट्युब लगायत डिजिटल प्ल्याटफर्ममा लिगको प्रत्यक्ष प्रशारण गर्न पाउनेछ।

हिमालय टेलिभिजनले यस अघि पोखरा प्रिमियर लिगको दुई संस्करणको तथा यो वर्ष नेदरल्याण्ड र मलेसियासंग नेपालको त्रिकोणात्मक सिरिजको प्रत्यक्ष प्रशारण गरेको थियो।

ईपीएल सेप्टेम्बर २५ देखि अक्टोबर ९ तारिखसम्म टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदान किर्तिपुरमा आयोजना हुनेछ। यो सिजन लिगमा चर्चित पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी पनि लिग खेल्नेछन् जो काठमाडौँ किंग्स-११ मा अनुबन्धित भैसकेका छन्। यस्तै श्रीलंकन पूर्वकप्तान दिनेश चण्डीमाल पनि भैरहवा ग्ल्याडीएटर्समा अनुबन्धित भईसकेका छन्।

यस अघि एक्सन स्पोर्ट्सले प्रत्यक्ष प्रसारण गर्ने भनिएपनि अन्तयमा आएर हिमालय टिभीसँग सम्झौता भएको हो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार