२०८३ भदौ ७ गते आइतवार | August 23, 2026

गृहपृष्ठ राष्ट्रिय महिला क्रिकेट टिमको बन्द प्रशिक्षणमा २४ खेलाडी

राष्ट्रिय महिला क्रिकेट टिमको बन्द प्रशिक्षणमा २४ खेलाडी

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय महिला क्रिकेट टिमको प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा २४ खेलाडी चयन गरेको छ ।

विश्वकप छनोटमा सहभागी हुने राष्ट्रिय टिमका लागि क्यानले २४ खेलाडीलाई प्रारम्भिक रुपमा चयन गरेको हो ।

क्यानका सचिव अशोकनाथ प्याकुरेलका अनुसार बन्द प्रशिक्षणमा रुबिना क्षेत्री सहित काजोल श्रेष्ठ, इन्दु बर्मा, अप्सरी बेगम, रोमा थापा, सबनम राई, सङ्गिता राई, सरस्वती चौधरी छन् ।

प्रारम्भिक टिममा अनुराधा चौधरी, सुमन खतिवडा, सरस्वती जीएम, कन्चन श्रेष्ठ, रेवती धामी, लक्ष्मी साउद, कविता जोशी, कविता कुवर, डलि भट्ट, बिन्दु रावल, ममता चौधरी, सीता राना मगर, ज्योति पाण्डे, बिनु बुढामगर, करुणा भण्डारी र सरिता मगर रहेका छन् ।

बन्द प्रशिक्षणबाट राष्ट्रिय टिममा आउने खेलाडीले टी–ट्वान्टी विश्वकपको एसिया छनोट खेल्नेछन् । प्रतियोगिता नोभेम्बरमा मलेसियामा सञ्चालन हुने बताईएको छ ।

 

No description available.

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार