२०८३ असार १९ गते शुक्रवार | July 03, 2026

गृहपृष्ठ नेपालले सिरिजको पहिलो खेल अमेरिकासँग खेल्ने, यस्तो छ खेलतालिका

नेपालले सिरिजको पहिलो खेल अमेरिकासँग खेल्ने, यस्तो छ खेलतालिका

काठमाडौं ।  नेपाली राष्ट्रिय क्रिकेट टिमले अमेरिका,ओमान र नेपाल सम्मिलित ओडिआई सिरिजको पहिलो खेलमा अमेरिकासँग खेल्ने भएको छ ।

आइसिसीले बुधबार त्रिकोणात्मक ओडिआई सिरिजको खेल तालिका सार्वजनिक गरेको छ ।

गत बैशाखमा घरेलु मैदानमा नेदरल्याण्ड्स र मलेसियालाई समेट्दै सिरीजको आयोजना गरेको नेपाल आइसिसी विश्वकप लिग-२ अन्तर्गतको क्रिकोणात्मक सिरीज खेल्नका लागि ओमान पुगिसकेको छ ।

नेपालले सिरीजको पहिलो खेल सेप्टेम्बर १३ मा खेल्ने भएको छ  । त्यसअघि भने नेपालले पपुवा न्यु गिनीसँग सेप्टेम्बर ५ र सेम्टेम्बर ८ मा दुई ओडिआई खेल्नेछ ।

नेपाली समयअनुसार (पीएनजी) सँगको पहिलो  खेल सेप्टेम्बर ५  दिउँसो ११ः१५ मा शुरु हुनेछ ।  यस्तै दोस्रो खेल सेप्टेम्बर ८ मा ४ः१५ बाट शुरु हुनेछ ।

तालिकाअुसार नेपालले ओडिआई सिरीजको दोस्रो खेल सेप्टेम्बर १४ मा खेल्नेछ । त्यसपछि अमेरिकाविरुद्ध सेप्टेम्बर १७ मा अर्को खेल खेल्नेछ भने अन्तिम खेलमा नेपालले सेम्टेम्बर १९ मा ओमानको सामना गर्नेछ ।

 

त्रिकोणात्मक सिरीजको खेल तालिका नेपाली समय अनुसार ।

सेप्टेम्बर १३ः नेपाल र अमेरिकाबिचको खेल दिउँसो ४ः१५ बजे ।

सेप्टेम्बर १४ः नेपाल र ओमानबिचको खेल, दिउँसोको ४ः१५ बजे ।

सेप्टेम्बर १७ः  नेपाल र अमेरिकाबिचको खेल, दिउँसो ४ः १५ बजे ।

सेप्टेम्बर १९ः नेपाल र ओमानबिचको खेल दिउँसो ४ः१५ बजे ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार