२०८३ असार १९ गते शुक्रवार | July 03, 2026

गृहपृष्ठ ओमान पुगेका खेलाडी र अफिसियल सबैको कोरोना रिपोर्ट नेगेटिभ, प्रशिक्षण समेत सुरु

ओमान पुगेका खेलाडी र अफिसियल सबैको कोरोना रिपोर्ट नेगेटिभ, प्रशिक्षण समेत सुरु

काठमाडौं । ओमान पुगेका राष्ट्रिय क्रिकेट टिमका सबै खेलाडी र अफिसियलको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले १७ खेलाडीसहित २२ सदस्यीय टिमको कोरोना रिपोर्ट नेगेटिभ आएको जनाएको छ।

ओमान पुगेपछि नेपाली टिमको पीसीआर गरिएको थियो । बुधबार आएको रिपोर्ट नेगेटिभ आएको हो ।

रिपोर्ट नेगेटिभ आएपछि नेपाली टिमले प्रशिक्षण समेत सुरु गरेको छ ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टोली ओमान गएका हुन्।

सिरिजका लागि क्यानले ज्ञानेन्द्र मल्लको कप्तानीमा १७ सदस्यीय टिमको घोषणा गरेको थियो ।  बलर गुलशन झा पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् ।

नेपाल, ओमान र अमेरिकाबीचको सिरिज भदौ २८ देखि असोज ४ गतेसम्म आयोजना हुनेछ

सिरिज अघि नेपालले पपुवा न्युगिनी (पीएनजी) सँग दुई एकदिवसीय खेल खेल्नेछ ।

नेपालले पीएनजीसँग पहिलो खेल सेप्टेम्बर ५ र दोस्रो खेल सेप्टेम्बर ८ (भदौ २० र २३) मा खेल्ने क्यानले जनाएको छ।

यस अघि लिग–२ अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ ।

जसमा नेपालले अमेरिकालाई दुई खेलमा हराएको थियो भने ओमानसँग दुबै खेलमा पराजित भएको थियो ।

लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ ।

ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।

नेपाली टिम :

ज्ञानेन्द्र मल्ल (कप्तान),  कुशल भुर्तेल, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी (उपकप्तान), आशिफ शेख, गुलशन झा, कुशल मल्ल,विनोद भण्डारी,करण केसी,सन्दीप लामिछाने,सोमपाल कामी, अविनाश बोहरा, शुशन भारी,शरद भेषवाकर,बिक्रम शोब, पवन सर्राफ,रोहित कुमार

मुख्य प्रशिक्षक – डेभ वाटमोर

व्यवस्थापक – मोहमद दाउद अन्सारी

टेक्निकल एनालिस्ट – रमण शिवाकोटी

फिजियो – बिक्रम न्यौपाने

ट्रेनर – राकेश गोहिल

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार