गृहपृष्ठ ह्वाटमाेरद्वारा मुख्य प्रशिक्षकबाट राजिनामा ?
ह्वाटमाेरद्वारा मुख्य प्रशिक्षकबाट राजिनामा ?
नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजिनामा दिएको दावी अष्ट्रेलियन समाचार संस्था न्युज नाइनले गरेको छ ।
उसले आफ्नो आधिकारीक ट्विटर ह्यान्डलमा ह्वाटमोरले मुख्य प्रशिक्षकबाट राजिनामा दिएको बताएको छ ।
सो सञ्चार माध्यमले ह्वाटमोरको ब्यवस्थापक कम्पनी फस्र्टस्पोर्टसइभेन्ट वनलाई उदृत गर्दै राजिनामा दिएको पुष्टि भएको हो ।
हाल ओमानमा रहेका ह्वाटमोरले भने यो विषयमा कुनै कमेन्ट गर्न नखोजेको सो कम्पनीले जनाएको छ ।






