२०८३ कात्तिक २९ गते शनिवार | November 14, 2026

गृहपृष्ठ नेपाल र भारतविचको मैत्रीपुर्ण खेल दर्शकसहित

नेपाल र भारतविचको मैत्रीपुर्ण खेल दर्शकसहित

काठमाडौं । नेपाल र भारतबीचको दुई मैत्रीपूर्ण खेल हेर्न सरकारले दर्शकलाई अनुमति दिएको छ ।

सरकारले एन्फालाई स्वास्थ्यको प्रोटोकल पालना गर्दै दर्शकसहितको खेल आयोजना गर्न अनुमति दिएको हो ।

सरकारले ५१ सय दर्शकलाई अनुमति दिएको एन्फाले जनाएको छ ।

तर, खेल हेर्ने दर्शकले कोभिडको पूर्ण खोप लगाएको वा कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएको देखाउनु पर्नेछ।

टिकट अनलाइनबाट किन्न सकिनेछ । टिकट मूल्य साँझसम्म टुंगो लाग्ने एन्फाले जनाएको छ ।

नेपालले भारतसँग भोलि (बिहीबार) पहिलो मैत्रीपूर्ण खेल खेल्नेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेल ५:३० बजे सुरु हुनेछ ।

यस्तै नेपालले भारतसँग दोस्रो खेल आइतबार खेल्नेछ  ।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्न लागेको हो।

साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार