२०८३ असार २० गते शनिवार | July 04, 2026

गृहपृष्ठ कप्तान रुट टेस्ट वरीयताको शीर्ष स्थानमा

कप्तान रुट टेस्ट वरीयताको शीर्ष स्थानमा

इंग्ल्यान्डका कप्तान जोए रुट टेस्ट क्रिकेटको ब्याट्सम्यानतर्फ शीर्ष स्थानमा उक्लिएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले अपडेट गरेको नयाँ  वरीयतामा रुट शीर्ष स्थानमा उक्लिएका हुन् ।

न्युजिल्याण्डका कप्तान तथा ब्याट्सम्यान केन विलियम्सनलाई पछि पार्दै रुट शीर्ष स्थानमा उक्लिएका हुन्।

भारतविरुद्धको टेस्टमा उत्कृष्ट प्रदर्शन गरिरहेका रुट शीर्ष स्थानमा उक्लिएका हुन् ।

रुट करिब ६ वर्षपछि शीर्ष स्थानमा फर्किएका हुन् ।

अष्ट्रेलियाका ब्याट्सम्यान स्टिभ स्मिथ तेस्रो स्थानमा रहेका छन् ।

यस्तै अष्ट्रेलियाका मार्नुस लाबुस्चाग्ने चौंथो र भारतका रोहित शर्मा पाँचौ स्थानमा उक्लिएका छन् ।

भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली छैटौं स्थानमा झरेका छन् ।

पाकिस्तानका कप्तान बाबर आजम सातौं, अष्ट्रेलियाका डेभिड वार्नर आठौं, क्विन्टन डी कक नवौं र हेनरी निकोल्स दशौँ स्थानमा रहेका छन् ।

बलिङतर्फ अष्ट्रेलियाका प्याट कमिन्स शीर्ष स्थानमा यथावत रहेका छन् ।

भारतका रविचन्द्र आश्विन दोस्रो, न्युजिल्यान्डका टिम साउथी तेस्रो स्थानमा छन् । अष्ट्रेलियाका जोस हाजलउड चौंथो र इंग्ल्यान्डका जेम्स एण्डरसन पाँचौ स्थानमा छन् ।

अलराउण्डरतर्फ वेष्ट इन्डिजका जासन होल्डर शीर्ष स्थानमा छन् । इंग्ल्यान्डका बेन स्टोक्स दोस्रो र भारतका रबिन्द्र जडेजा तेस्रो स्थानमा रहेका छन् ।

भारतका रविचन्द्र आश्विन चौंथो र बंगलादेशका शाकिब अल हसन पाँचौ स्थानमा छन् ।

May be an image of ‎text that says '‎RANKINGS MRF TYRES MEN'S TEST RANKINGS: BATTING (.ICC RANK PLAYER JOE ROOT 2 -1 RATING 3 KANE WILLIAMSON [-] 916 4 STEVE SMITH 901 [-] 5 +1 891 MARNUS LABUSCHAGNE • 6 ROHIT SHARMA -1 878 • 7 VIRAT KOHLI [-] 773 8 +1 BABAZAM BABAR AZAM 766 و DAVID WARNER +1 749 QUINTON DE KOCK 10+1 10A +1 724 ICC-CRICKET.COM HENRY NICHOLLS 717 714 #ICCRANKINGS‎'‎

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार