२०८३ असार ११ गते बिहीवार | June 25, 2026

गृहपृष्ठ फिफा विश्वकप छनोट: अर्जेन्टिनाको सहज जित

फिफा विश्वकप छनोट: अर्जेन्टिनाको सहज जित

एजेन्सी । फिफा विश्वकप छनोटमा अर्जेन्टिनाले सहज जित निकालेको छ  ।

दक्षिण अमेरिकी छनोट अन्तर्गत शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले भेनेजुएलालाई ३-१ गोल अन्तरले पराजित गरेको छ ।

अर्जेन्टिनाको जितमा लाउटरो मार्टिनेज, जोआक्विन कोरेया र एन्जल कोरेयाले एक एक गोल गरे ।

भेनेजुएलाका एफर्सन सोटेल्डोले एक गोल फर्काए ।

Image

खेलको ३२ औं मिनेटमा लुइस मार्टिनेजले रातो कार्ड पाएपछि भेनेजुएला १० खेलाडीमा समेटिएको थियो ।

पहिलो हाफको इन्जुरी समयमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाए ।

खेलको ७१ औं मिनेटमा जोआक्विनले गोल गर्दै अर्जेन्टिनाको अग्रता २-० को बनाए ।

७४ औं मिनेटमा एन्जलले गोल गरेपछि अर्जेन्टिना ३-० ले अघि रह्यो ।

त्यसपछि खेलको इन्जुरी समयमा भेनेजुएलाका सोटेल्डोले पेनाल्टीमा गोल गरेपनि अर्जेन्टिना ३-१ ले विजयी भयो ।

Image

जितसँगै अर्जेन्टिनाले ७ खेलमा १५ अंक जोडेको छ ।

अर्जेन्टिना अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।

भेनेजुएला ७ खेलमा ४ अंक जोडेर पुछारमा रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार