२०८३ असार ११ गते बिहीवार | June 25, 2026

गृहपृष्ठ रोनाल्डोले ७ नम्बरको जर्सी लगाउने

रोनाल्डोले ७ नम्बरको जर्सी लगाउने

पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाईटेडमा ७ नम्बरको जर्सी लगाउने भएका छ ।

युनाईटेडले १२ वर्षपछि क्लब फर्किएका रोनाल्डोलाई ७ नम्बरको जर्सी दिएको हो ।

यस अघि एडिन्सन काभानीले ७ नम्बरको जर्सी लगाउदै आएका थिए ।

अब काभानीले २१ नम्बरको जर्सी लगाउने छन् ।

३६ वर्षीय रोनाल्डोले क्लबसँग दुई वर्षको सम्झौता गरेका छन्  ।

यस्तै रोनाल्डोलाई सम्झौता थप गर्ने विकल्प दिईएको समेत युनाईटेडले जनाएको छ ।

यस अघि रोनाल्डोले सन् २००३ देखि ९ सम्म युनाईटेडबाट खेलेका थिए । उनले युनाईटेडबाट २ सय ९२ खेलमा १ सय १८ गोल गरेका थिए ।

त्यस समय उनले युनाईटेडबाट तीन प्रिमियर लिग, एक च्याम्पियन्स लिग, दुई लिग कप र एक एफए कप जितेका थिए ।

पाँच पटकको बालोन डी’ ओर विजेता रोनाल्डो इंग्लिस क्लब छाडेर स्पेनिस क्लब रियल मड्रिड गएका थिए ।

रोनाल्डो २००९ मा स्पेनिस क्लब आएका थिए ।  रियलमा ९ सिजन बिताएर रोनाल्डो २०१८ मा युभेन्ट्स आएका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार