२०८३ असार ११ गते बिहीवार | June 25, 2026

गृहपृष्ठ श्रीलंकालाई एकदिवसीय सिरिज

श्रीलंकालाई एकदिवसीय सिरिज

घरेलु टिम श्रीलंकाले दक्षिण अफ्रीकाविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज जितेको छ ।

कोलम्बोमा मंगलबार भएको तेस्रो तथा अन्तिम खेलमा ७८ रनको जित निकाल्दै श्रीलंकाले सिरिज २-१ ले आफ्नो बनाएको हो ।

श्रीलंकाले दिएको २ सय ४ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रीका ३० ओभरमा अलआउट हुँदै १ सय २५ रनमा समेटियो ।

दक्षिण अफ्रीकाका हेन्रिच क्लासेनले सर्वाधिक २२ रन जोड्दा जर्ज लिन्डे र जान्नेमन मालनले १८/१८ रन जोडे ।

Image

श्रीलंकाका महेस थिक्सनाले ४ विकेट लिए । वाविन्दु हसरंगा र दुश्मन्था चामिराले २/२ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन जोडेको थियो ।

श्रीलंकाका चारिथ असालंकाले ४७ रन जोड्दा धनन्जय डी सिल्भाले ३१ रन जोडे ।

यस्तै दुश्मन्था चामिराले २९ रन बनाए ।

Image

दक्षिण अफ्रीकाका केशव महाराजले ३ तथा जर्ज लिन्डे र ट्राबेज शाम्सीले २/२ विकेट लिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार