२०८३ असार १९ गते शुक्रवार | July 03, 2026

गृहपृष्ठ बंगलादेशलाई ऐतिहासिक सिरिज

बंगलादेशलाई ऐतिहासिक सिरिज

घरेलु टिम बंगलादेशले न्युजिल्याण्डविरुद्धको पाँच खेलको टी-ट्वान्टी क्रिकेट सिरिज जितेको छ ।

ढाकामा बुधबार भएको चौंथो खेलमा ६ विकेटको जित निकाल्दै बंगलादेशले एक खेल अगाबै सिरिज जितेको हो । यस जितसँगै बंगलादेशले सिरिजमा ३-१ को अग्रता समेत बनाएको छ ।

बंगलादेशको लागि यो ऐतिहासिक सिरिज जित हो । बंगलादेशले पहिलो पटक न्युजिल्याण्डविरुद्धको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज जितेको हो ।

न्युजिल्याण्डले दिएको ९४ रनको सामान्य लक्ष्य बंगलादेशले १९ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।

Nasum Ahmed ripped through New Zealand with turn and bounce, Bangladesh vs New Zealand, 4th T20I, Dhaka, September 8, 2021

बंगलादेशका लागि कप्तान ममुदउल्लाहले अविजित रहदै ४३ रनको योगदान दिए । मोहमद नाइमले २९ रनको योगदान दिए ।

न्युजिल्याण्डका अजाज पलेटले २ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले १९ ओभर ३ बलमा अलआउट हुँदै ९३ रन बनाएको थियो ।

न्युजिल्याण्डका लागि विल योङले सर्वाधिक ४६ रन बनाएका थिए । कप्तान टम लाथमले २१ तथा फिन एलनले १२ रन जोडे ।

बंगलादेशका नासुम अहमेद र मुस्ताफिजुर रहमानले ४/४ विकेट लिए ।

Finn Allen brings out a reverse-sweep, Bangladesh vs New Zealand, 4th T20I, Dhaka, September 8, 2021

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार