२०८३ असार १९ गते शुक्रवार | July 03, 2026

गृहपृष्ठ नेपाल र बंगलादेशबिचको खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्सबाट

नेपाल र बंगलादेशबिचको खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्सबाट

नेपाली राष्ट्रिय महिला फुटबल टिम र बंगलादेशबिचको दुई मैत्रीपुर्ण खेलको प्रत्यक्ष प्रसारण गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) र एक्सन स्पोर्ट्सबिच सम्झौता भएको छ ।

बिहिबार (आज) नेपाल र बंगलादेशबिच दशरथ रंगशालामा पहिलो मैत्रीपुर्ण खेल हुँदैछ ।

बिहिबार भएको सम्झौतामा एन्फाका महासचिव इन्द्रमान तुलाधर र डिस मिडियाका चेयर म्यान दयाराम पाण्डेले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार विज्ञापनबाट प्रप्त रकम एक्सन स्पोर्ट् र एन्फाले ५०–५० प्रतिशत् बाँड्नेछन् ।

उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एसियन कप २०२२ छनोटको तयारीमा रहेको नेपाली टिमले बंगलादेशसँग घरेलु मैदानमा दुई खेल्ने भएको हो ।

नेपाल आइपुगेको बंगलादेशको प्रशिक्षकले दुबैको तर्फबाट प्रतिश्पर्धात्मक खेलको अपेक्षा रहेको बताएका छन् ।

नेपाली टिमका भरपर्दा भरवार्ड सावित्रा भण्डारीको अभाव खट्किने बताउँदै बंगलादेशविरुद्ध साम्बा बिना नै राम्रो नतिजाको अपेक्षा नेपाली टिमका प्रसिक्षक ग्यारी फिलिप्सले गरेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार