गृहपृष्ठ पीएनजीविरुद्ध ब्याटिङ गर्दै नेपाल
पीएनजीविरुद्ध ब्याटिङ गर्दै नेपाल
पपुवा न्युगिनी (पीएनजी) विरुद्धको दोस्रो एकदिवसीय अन्तराष्ट्रियमा नेपालले सुरुवातमा ब्याटिङ्ग गर्ने भएको छ ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ।
नेपालले ब्याटिङ रोजेपछि पीएनजीले सुरुवातमा फिल्डिङ गर्ने भएको छ ।
नेपाली टोली– ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, सन्दीप लामिछाने करण केसी, विनोद भण्डारी, सोमपाल कामी, रोहितकुमार पौडेल, कुशल मल्ल, सुशान भारी, विक्रम शोव ।
दुई खेलको सिरिज अन्तर्गत नेपालले आज पीएनजीसँग दोस्रो खेल खेल्न लागेको हो ।
पहिलो खेलमा नेपालले २ विकेटको जित निकालेको थियो ।
दुई खेलको सिरिजमा नेपाल १-० ले अघि रहेको छ ।





