२०८३ भदौ ७ गते आइतवार | August 23, 2026

गृहपृष्ठ पहिलो खेलमै रोनाल्डोको गोल

पहिलो खेलमै रोनाल्डोको गोल

एजेन्सी । म्यानचेस्टर युनाइटेडबाट दोस्रो इनिङ्स सुरु गरेको रोनाल्डोले पहिलो खेलमै गोल गरेका छन् ।

शनिबार न्युक्यासलविरुद्ध पहिलो रोजाइको रुपमा अवसर पाएका रोनाल्डोले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका हुन् ।

रोनाल्डो प्रेरित युनाइटेड पहिलो हाफको खेल सकिदा १–० ले रह्यो ।

रोनाल्डो यसै सिजन युनाइटेड फर्किएका हुन् ।

लामो समय स्पेनको रियल मड्रिडमा बिताएका रोनाल्डोले दुई सिजन इटालीको युभेन्ट्सबाट समेत खेले ।

करियरको उतरार्धमा आइपुगेका रोनाल्डोले युनाइटेडबाट दोस्रो इनिङ्स सुरु गरेका छन् ।

न्युक्यासलविरुद्ध प्रशिक्षक आले गुनर सोल्सायरले रोनाल्डोलाई पहिलो रोजाइमै उतारेका थिए ।

पोर्चुगलको अन्तराष्ट्रिय ड्युटि पुरा गरेर रोनाल्डो इङ्ल्याण्ड फर्किएका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार