२०८३ मंसिर १ गते सोमवार | November 16, 2026

गृहपृष्ठ त्रिकोणात्मक एकदिवसीय सिरिज प्रत्यक्ष प्रशारण हुने

त्रिकोणात्मक एकदिवसीय सिरिज प्रत्यक्ष प्रशारण हुने

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज प्रत्यक्ष प्रशारण हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार डिश मिडिया नेकवर्कसँग प्रत्यक्ष प्रशारण सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेको छ ।

क्यानका कोषाध्यक्ष रोशन सिंह र डिस होमका प्रबन्ध निर्देशक सुदिप आचार्यले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौतासँगै सिरिज अन्तर्गत नेपालले खेल्ने खेल एक्सन स्पोर्ट्सबाट प्रत्यक्ष प्रशारण हुनेछ ।

सिरिज भोलि सोमबारबाट सुरु हुँदैछ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपालले सोमबार अमेरिकासँग खेल्दै सिरिजको सुरुवात गर्नेछ।

नेपाल र अमेरिकाबीचको खेल दिउँसो ४:१५ बजे सुरु हुनेछ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार