गृहपृष्ठ अमेरिकाविरुद्ध बलिङ गर्दै नेपाल
अमेरिकाविरुद्ध बलिङ गर्दै नेपाल
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले पहिलो खेलमा अहिले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपालले अमेरिकाविरुद्ध सुरुवातमा बलिङ गर्ने भएको छ ।
अमेरिकाले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्ने भएको हो । आज नेपाल अमेरिकालाई हराएर सुखद सुरुवात गर्ने योजनामा रहेको छ । अमेरिका पनि नेपाललाई हराउन चाहन्छ । लिग–२ अन्तर्गत नै नेपालले यस अघि घरेलु मैदानमा अमेरिकासँग दुई खेल खेलेको थियो। नेपालले दुबै खेल जितेको थियो।
नेपालको प्लेइङ ११ : ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, रोहित कुमार पौडेल, कुशल मल्ल, सोमपाल कामी, विनोद भण्डारी (विकेटकिपर) करण केसी, विक्रम सोब, सन्दीप लामिछाने र सुशान भारी ।
सन् २०२० को फेब्रुअरी १२ मा टियु क्रिकेट मैदानमा नेपालले पहिलो खेलमा अमेरिकालाई ८ विकेटले हराएको थियो। अमेरिकाले दिएको ३६ रनको लक्ष्य नेपालले ५ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गरेको थियो।
त्यसअघि फेब्रुअरी ८ मा भएको खेलमा नेपालले अमेरिकालाई ३५ रनले हराएको थियो। नेपालले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको अमेरिका ४४ ओभर १ बलमा अलआउट हुँदै १ सय ५५ रनमा समेटिएको थियो।





