२०८३ असार २२ गते सोमवार | July 06, 2026

गृहपृष्ठ म्यानचेस्टर युनाईटेड योङ ब्वाइजसँग स्तब्ध

म्यानचेस्टर युनाईटेड योङ ब्वाइजसँग स्तब्ध

च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड पराजित भएको छ ।

मंगलबार राति भएको खेलमा युनाईटेड स्विस क्लब योङ ब्वाइजसँग २-१ गोल अन्तरले पराजित भएको हो ।

१० खेलाडीमा समेटिएको युनाईटेडले सुरुवाती अग्रता जोगाउन नसक्दा हार व्यहोर्नु परेको हो ।

खेलको १३ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युनाईटेडलाई सुरुवाती अग्रता दिलाएका थिए। उनले ब्रुनो फर्नान्डेजको पासमा गोल गरे ।

३५ औं मिनेटमा युनाईटेड १० खेलाडीमा समेटियो । क्रिस्टोफर मार्टिनलाई फउल गरेपछि युनाईटेडका आरोन वान बिसाकाले रातो कार्ड पाएका थिए ।

खेलको ६६ औं मिनेटमा योङका निकोलसले गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको इन्जुरी समयमा थियोसन जोर्डनले गोल गर्दै योङलाई २-१ को जित दिलाए ।

Image

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार