२०८३ कात्तिक २८ गते शुक्रवार | November 13, 2026

गृहपृष्ठ कोहलीले छाडे टी-ट्वान्टीको कप्तानी

कोहलीले छाडे टी-ट्वान्टीको कप्तानी

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले  टी-ट्वान्टी टिमको कप्तानी छाडेका छन् ।

कोहलीले बिहीबार सामाजिक संजालबाट टी-ट्वान्टी टिमको कप्तानी पद छाडेको बताएका छन् ।

कोहलीले युएई र ओमानमा आयोजना हुने टी-ट्वान्टी विश्वकपपछि आफु टी-ट्वान्टीको कप्तान नहुने बताएका छन् ।

कोहलीले भारतीय टिमको तीनै फर्म्याटको कप्तानी गरिरहेका थिए ।

अब कोहलीले एकदिवसीय र टेस्ट टिमको मात्र कप्तानी गर्ने छन् ।

अब रोहित शर्माले टी-ट्वान्टीको कप्तानी गर्ने बताईएको  छ ।

रोहित भारतीय टिमको उपकप्तान रहेका छन् ।

कोहलीको कप्तानीमा भारतले ६५ टेस्टमा ३८ जित निकालेको छ ।

यस्तै ९५ एकदिवसीयमा ६५ जित निकाल्दा ४५ टी-ट्वान्टीमा २९ जित निकालेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार