२०८३ असार १९ गते शुक्रवार | July 03, 2026

गृहपृष्ठ नेपाली महिला फूटबल टोलीले आज फिलिपिन्सविरुद्ध खेल्दै

नेपाली महिला फूटबल टोलीले आज फिलिपिन्सविरुद्ध खेल्दै

काठमाडौँ,२,असोज । एएफसी महिला एसियन कप-२०२२ छनोट अन्तर्गतको पहिलो खेलमा नेपालले आज फिलिपिन्सको सामना गर्ने भएको छ ।

उज्वेकिस्तानको जेएआर स्टेडियममा खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

फिफा वरियतामा ३३ स्थानमा रहेको फिलिपिन्सविरुद्ध नेपालका लागि चुनौती छ । तर पनि नेपाली खेलाडी उच्च मनोबलका साथ मैदानमा उत्रिने छ । नेपाल फिपा वरियताको १०१ औँ स्थानमा रहेको छ ।

यस्तै विहीबार नेपालले दोस्रो खेलमा हङकङको सामना गर्नेछ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ । एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार