२०८३ असार १० गते बुधवार | June 24, 2026

गृहपृष्ठ मेस्सीको तलबमै विवाद

मेस्सीको तलबमै विवाद

भलै लियोनल मेस्सी विना कुनै मूल्य पेरिस सेन्ट जर्मेन (पीएसजी) गएका छन्, तर उनले त्यहाँ धेरै भन्दा धेरै तलब लिनेमा कुनै शंका भएन् ।

तर धेरै भन्दा धेरै भनेको पनि कति त ? यसबारे विभिन्न अनुमान छ । फ्रान्सेली प्रसिद्ध खेल पत्रिका लेकिपले हालै एउटा लामो समाचार छापेको छ र भनेको छ, मेस्सीको तलब ठ्याक्कै यति हो ।

पत्रिकाका अनुसार मेस्सीले सुरुआती दुई वर्ष तीन करोड युरो तलब बुझ्ने छन् । अनुबन्धको अन्तिम तथा तेस्रो वर्ष यो बढेर चार करोड युरो पुग्नेछ।

लेकिप स्रोतको आधारमा समाचार छाप्न निकै माहिर छ र उसको स्रोत आफैमा पनि निकै बलियो छ । तर पीएसजीले भने पत्रिकाको दाबी गलत भएको जनाएको छ ।

PSG deny Messi salary claims: Unacceptable and false | Marca

अर्थात मेस्सीको तलबमै विवाद छ, कति हो भनेर । पीएसजीका स्पोर्टिङ डाइरेक्टर लियोनार्डोले भनेका छन्, लेकिपले जे जस्तो दाबी गरेको छ, त्यो ठीक छैन् ।

उनले भनेको छ, ‘यो झुठो समाचार मात्र हो । हामीलाई यो पटक्कै मन परेन् । यो सत्यबाट धेरै टाढा छ । पत्रिकाले खेलाडी र क्लबलाई पनि सम्मान गर्न जानेन् ।’

साँचो के हो त ? लियोनार्डो यो भने खुलाउन चाहँदैनन् र भन्छन्, यो सबै गोप्य छ । मेस्सी विश्व फुटबलकै सर्वकालीन महान खेलाडी हुन्, त्यसैले उनी सबैभन्दा बढी तलब बुझ्ने खेलाडी पनि हुन् ।

आर्थिक संकटबाट गुज्रिरहेको बार्सिलोनाले उनको धेरै तलबकै कारण अनुबन्ध गर्न नसकेको बताइसकेको छ।

–मार्काको सहयोगमा ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार