गृहपृष्ठ ओमानविरुद्ध नेपालले पहिला बलिङ गर्दै, शरद र आरिफ प्लेयिङ ११मा
ओमानविरुद्ध नेपालले पहिला बलिङ गर्दै, शरद र आरिफ प्लेयिङ ११मा
आईसीसी विश्वकप लिग टू अन्तर्गतको दोस्रो सिरिजको अन्तिम खेलमा आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दै छ । ओमानमा जारी प्रतियोगिता अन्तर्गत नेपालले टस जितेर पहिला बलिङ रोजेको छ ।
नेपाली टिममा आज २ जना खेलाडी परिवर्तन गरिएको छ । अमेरिकाविरुद्ध डेब्यु गरेका गुल्सन झा र कुशल मल्ललाई बाहिर राखिएको छ ।
जसमा शरद भेषावकर र आरिफ शेखले स्थान बनाएका छन् । ओमानमा अमेरिकालाई पहिलो खेलमा पराजित गरेको थियो भने ओमानसँग पहिलो खेलमा पराजय भोगेको थियो ।
पछिल्लो खेलमा अमेरिकासँग पनि पराजित भएको नेपाल आजको खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद् अन्त्य गर्ने लक्ष्यमा रहेको छ
नेपाली टोली
ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी, सोमपाल कामी, रोहितकुमार पौडेल, शरद भेषावकर, सुशान भारी, र आरिफ शेख ।





