२०८३ असार १६ गते मंगलवार | June 30, 2026

गृहपृष्ठ आईपीएल : बैंगलोर ९२ रनमा अलआउट !

आईपीएल : बैंगलोर ९२ रनमा अलआउट !

ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले कोलकत्ता नाइट राइडर्सलाई जितका लागि ९३ रनको सामान्य लक्ष्य दिएको छ ।

आबुधाबीमा सोमबार पहिले ब्याटिङ गरेको बैंगलोर १९ ओभरमा अलआउट हुँदै ९२ रनमा समेटियो ।

बैंगलोरका देबदुत पडिकलले सर्वाधिक २२ रन जोडे । सृकर भारतले १६ रन जोड्दा हर्सल पटेलले १२ रन बनाए । ग्लेन म्याक्सवेल १० रनमा आउट भए ।

AB de Villiers fell for a first-ball duck, Kolkata Knight Riders vs Royal Challengers Bangalore, IPL 2021, Abu Dhabi, September 20, 2021

कप्तान विराट कोहली ५ रनमा आउट भए ।

कोलकत्ताका आन्द्रे रसेल र वरुण चक्रवर्तीले ३/३ विकेट लिए ।

लक्की फर्गुसनले २ विकेट लिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार