२०८३ असार १५ गते सोमवार | June 29, 2026

गृहपृष्ठ नेपाल समूह चरणबाट बाहिरियो

नेपाल समूह चरणबाट बाहिरियो

नेपाल एएफसी महिला एसियन कप-२०२२ छनोटको समूह चरणबाट बाहिरिएको छ ।

उज्वेकिस्तानमा जारी छनोटको दोस्रो खेलमा मंगलबार हङकङसँग गोलरहित बराबरीमा रोकिएपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो।

एसियन कपको सम्भावना कायम राख्न नेपाललाई हङकङविरुद्ध जित्नै पर्ने दबाब रहेको थियो । तर, नेपालले हङकङसँग बराबरीमा चित्त बुझायो ।

बलमा पकड जमाएपनि नेपालले हङकङविरुद्ध गोल निकाल्न सकेन । हङकङले पनि पाएको मौकालाई सदुपयोग गर्न सकेन ।

नेपालले पहिलो पटक हङकङसँग बराबरी खेलेको हो । यस अघिको दुई भेटमा नेपाल पराजित भएको थियो।

सन् १९८६ मा भएको पहिलो भेटमा नेपाल हङकङसँग १-० ले पराजित भएको थियो।  यस्तै १९८९ मा भएको दोस्रो भेटमा नेपाल हङकङसँग ३-० ले पराजित भएको थियो।

हङकङसँगको बराबरीसँगै समूह एफको नेपालले छनोटमा २ खेलमा १ अंक जोड्यो ।

पहिलो खेलमा नेपाल फिलिपिन्ससँग २-१ गोल अन्तरले पराजित भएको थियो ।

हङकङको भने छनोट हुने सम्भावना कायम रहेको छ । हङकङले अब अन्तिम खेलमा फिलिपिन्ससँग खेल्नेछ ।

हङकङले १ खेलमा १ अंक जोडेको छ । शीर्ष स्थानको फिलिपिन्सले १ खेलमा ३ अंक जोडेको छ ।

यस समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ।

एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार