२०८३ कात्तिक २७ गते बिहीवार | November 12, 2026

गृहपृष्ठ राजस्थानलाई हराउँदै दिल्ली शीर्ष स्थानमा

राजस्थानलाई हराउँदै दिल्ली शीर्ष स्थानमा

ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई हराएको छ ।

अबुधाबीमा शनिबार भएको खेलमा दिल्लीले राजस्थानलाई ३३ रनले हराएको हो।

दिल्लीले दिएको १ सय ५५ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय २१ रन मात्र बनाउन सक्यो ।

राजस्थानका कप्तान सन्जु सामसनले ७० रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।

यस्तै महिपाल लोम्रोरले १९ रन जोडे । अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन् ।

Axar Patel became the fifth Capitals bowler to pick up a wicket, Delhi Capitals vs Rajasthan Royals, IPL 2021, Abu Dhabi, September 25, 2021

दिल्लीका एन्रिच नोर्कियाले २ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन जोडेको थियो ।

दिल्लीका श्रेयस एयरले ४६ रन जोडे । शिम्रोन हिटमायरले २८ रन जोड्दा कप्तान ऋषव प२४ रन बनाए ।

राजस्थानका मुस्ताफिजुर रहमान र चेतन सकारियाले २/२ विकेट लिए ।

यस जितसँगै दिल्ली १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ ।

राजस्थान ९ खेलमा ८ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

Sanju Samson had Shreyas Iyer stumped, Delhi Capitals vs Rajasthan Royals, IPL 2021, Abu Dhabi, September 25, 2021

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार