२०८३ कात्तिक २७ गते बिहीवार | November 12, 2026

गृहपृष्ठ आईपीएल : हैदरावादमाथि पन्जाबको जित

आईपीएल : हैदरावादमाथि पन्जाबको जित

ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा पन्जाब किङ्सले सनराईजर्स हैदरावादलाई हराएको छ ।

सारजाहमा शनिबार राति भएको खेलमा पन्जाबले हैदरवादलाई ५ रनले हराएको हो।

पन्जाबले दिएको १ सय २६ रनको लक्ष्य पछ्याएको हैदरवादले २० ओभरमा ७ विकेट गुमाएर १ सय २० रन मात्र बनाउन सक्यो ।

हैदरवादका लागि जासन होल्डरले अविजित ४७ रन बनाए । रिद्दिमान शाहले ३१ रन जोड्दा मनिस पाण्डेले १३ तथा केदार जादबले १२ रन बनाए।

पन्जाबका रबि बिश्नोईले ३ विकेट लिए । मोहमद शामीले २ विकेट लिए ।

Mohammed Shami is mobbed by his team-mates, Sunrisers Hyderabad vs Punjab Kings, IPL 2021, Sharjah, September 25, 2021

यस अघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ७ विकेट गुमाएर १ सय २५ रन बनाए ।

पन्जाबका लागि एडिन मार्क्रमले २७ रन जोड्दा केएल राहुलले २१ रन बनाए । हरप्रित अविजित १८ रन बनाए ।

हैदरावादका जासन होल्डरले ३ विकेट लिए ।

Jason Holder is mobbed by his team-mates, Sunrisers Hyderabad vs Punjab Kings, IPL 2021, Sharjah, September 25, 2021

यस जितसँगै पन्जाबले ९ खेलमा १० अंक जोडेको छ ।

पन्जाब तेस्रो स्थानमा उक्लिएको छ ।

हैदरावादले ९ खेलमा २ अंक जोडेको छ ।

हैदरावाद पुछारमा रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार