२०८३ भदौ १० गते बुधवार | August 26, 2026

गृहपृष्ठ ईपीएल: आजका दुबै खेल काठमाडौं किङ्स-११ र विराटनगर वारियर्स , अनि भैरहवा र चितवन स्थगित

ईपीएल: आजका दुबै खेल काठमाडौं किङ्स-११ र विराटनगर वारियर्स , अनि भैरहवा र चितवन स्थगित

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट अन्तर्गत भैरहवा ग्लाडीयटर्स र चितवन टाइगर्सबीचको खेल स्थगित भएको छ।

टियु क्रिकेट मैदान भिजेको कारण खेल गराउन नसकिने भएपछि भैरहवा र चितवनबीचको खेल स्थगित गरिएको हो ।

आइतबार परेको वर्षाको कारण मैदान भिजेको थियो । सोमबार समेत वर्षा भएपछि अम्पायरले खेल स्थगित गरेको हो ।

भैरहवा र चितवनबीचको खेल टस समेत नभई स्थगित भएको हो ।

दुई टोलिबीचको खेल दिउँसो १:३० बजे सुरु हुने तालिका रहेको थियो ।

सोमबार नै तय भएको काठमाडौं किङ्स-११ र विराटनगर वारियर्सबीचको पहिलो खेल समेत स्थगित भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार