२०८३ वैशाख ३ गते बिहीवार | April 16, 2026

गृहपृष्ठ ईपीएल : चौंथो जितसँगै चितवन क्वालिफायरमा

ईपीएल : चौंथो जितसँगै चितवन क्वालिफायरमा

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा चितवन टाइगर्सले लगातार चौंथो जित निकालेको छ ।

टियु क्रिकेट मैदानमा आइतबार भएको खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई ५ विकेटले पराजित गर्दै चितवनले लगातार चौंथो जित निकालेको हो ।

चौंथो जितसँगै चितवन क्वालिफायरमा प्रवेश गरेको छ । चितवनले ४ खेलमा ८ अंक जोडेको छ । र, चितवनले शीर्ष दुई पक्का गरेको हो ।

चितवन र ललितपुरबीचको खेलको नतिजाले पोखरा राइनोज र भैरहवा ग्ल्याडियटर्सले समेत प्ले अफमा स्थान बनाएका छन् ।

ललितपुर ५ खेलमा ३ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

May be an image of 3 people, people playing sports and text

ललितपुरले दिएको १ सय ९ रनको लक्ष्य चितवन १७ ओभर २ बलमा मात्र ५ विकेट गुमाएर पूरा गर्यो ।

चितवनको जितमा मोहमद साहजादले ३५ रन बनाए । भिम सार्कीले २७ तथा दिलिप नाथले अविजित १६ रन बनाए ।

विरन्दिप सिंह १३ रनमा आउट भए ।

ललितपुरका अज्मातुल्लाह ओमार्जाई र रिजन ढकालले २/२ विकेट लिए ।

May be an image of one or more people, people playing sports and text

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८ रन बनाएको थियो ।

ललितपुरका लागि जयकिशन कोल्सावालाले सर्वाधिक ४२ रन बनाए । सन्दुन विराकोड्डीले १४ रन जोडे ।

सुर्य तामाङ ११ रनमा अविजित रहदा ललित राजवंशीले अविजित ९ रन बनाए ।

ललितपुरलाई सस्तैमा समेट्न चितवनका कमल सिंह ऐरीले ३ विकेट लिए । करिम जनत र सागर ढकालले २/२ विकेट लिए । शाहब आलमको नाममा १ विकेट रह्यो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार