२०८३ असार ११ गते बिहीवार | June 25, 2026

गृहपृष्ठ काठमाडौं किङ्स-११ चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल)को प्ले अफमा

काठमाडौं किङ्स-११ चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल)को प्ले अफमा

काठमाडौं । काठमाडौं किङ्स-११ चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ । टियु क्रिकेट मैदानमा मंगलबार भैरहवा ग्लाडीयटर्सविरुद्धको स्थगित खेलमा एक अंक पाएपछि काठमाडौं प्ले अफमा पुगेको हो । सोमबार परेको वर्षाले मैदान भिजेको कारण खेल स्थगित भएपछि काठमाडौं र भैरहवाले एक एक अंक बाडेको हो।

भैरहवा र काठमाडौंबीचको खेल टस समेत नभई स्थगित भएको हो । मैदानको आउटफिल्ड खेलका लागि योग्य नहुँदा अम्पायरले खेल स्थगित गरेको हो । भैरहवा र काठमाडौंबीचको खेल बिहान ९:३० बजे सुरु हुने तालिका रहेको थियो । काठमाडौं चौंथो स्थानमा रहदै प्ले अफमा पुगेको हो । काठमाडौंले ५ खेलमा ३ अंक जोड्यो । ललितपुर प्याट्रीयट्ससँग समान ३ अंक जोडेपनि काठमाडौं नेट रन रेटमा अघि रहेको हो । साविक विजेता ललितपुर भने लिग चरणबाटै बाहिरिएको छ ।

भैरहवा ७ अंक जोडेर दोस्रो स्थानमा रहदै क्वालिफायरमा पुगेको छ। अब चितवन टाइगर्स र भैरहवाले पहिलो क्वालिफायर खेल खेल्नेछ । काठमाडौंले पोखरा राइनोजसँग इलिमिनेटर खेल खेल्नेछ । पहिलो क्वालिफायरको विजेता सिधै फाइनलमा पुग्नेछ । पराजित हुने टिमले फाइनल प्रवेशका लागि पुन: इलिमिनेटरको विजेतासँग खेल्नेछ। प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ लाख पाउने जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार