गृहपृष्ठ रियल मड्रिड र इन्टर मिलान नक आउट चरणमा
रियल मड्रिड र इन्टर मिलान नक आउट चरणमा
काठमाडौंं, ९ मंसिर । स्पेनिस क्लब रियल मड्रिड र इटाली क्लब इन्टर मिलान समूह ‘डी’ बाट एक खेल बाँकी रहँदै यूईएफए च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेका छन् ।
बिहीबार राति भएको खेलमा रियलले मोल्दोभाको एफसी सेरिफमाथि ३-० को सहज जित निकाल्यो । रियललाई अन्तिम १६ मा पुर्याउन सेरिफविरुद्ध डेभिड अलाबा, टोनी क्रुस र करिम बेन्जेमाले १/१ गोल गरे ।
समूह ‘डी’ कै अर्काे खेलमा इटालीयन सिरी ए क्लब इन्टर मिलानले युक्रेनी क्लब साख्तर डोनेस्कलाई २–० ले पराजित गरेकाे छ । इन्टरको जितमा दुबै गोल इडेन जेकोले गरेका थिए ।
जितसँगै समूह ‘डी’ मा रियल ५ खेलबाट १२ अंक जोडेर शीर्ष स्थानमा छ । १० अंक जोडेको मिलन दोस्रो स्थानमा छ । पराजित सेरिफको ६ अंक रहँदा पुछारको साख्तर डोनेस्कसँग १ अंक रह्यो ।





