गृहपृष्ठ लक्ष्मी पहिलो पटक भलिबल टोलीमा, कृपा र कामनाको पुनरामगन
लक्ष्मी पहिलो पटक भलिबल टोलीमा, कृपा र कामनाको पुनरामगन
काठमाडौं, २५ मंसिर । बंगलादेशको ढाकामा हुने एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगिताको लागि लक्ष्मी चन्दले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएकी छिन् ।
नेपाल भलिबल संघ (एनभिए) ले लक्ष्मी सहित १२ सदस्यीय टोली घोषणा गरेको हो । न्यून कारखानालाई प्राप्त स्रोत अनुसार लक्ष्मीले पहिलो पटक स्थान बनाउँदा सरस्वती जैसी, निरुता ठगुन्ना र कविता भट्ट बाहिर रहे ।
यस अघि महिला टोलिका प्रशिक्षक जगदीश भट्टले शुक्रबार छनोट खेल खेलाइ २० खेलाडी बाट १५ सदस्यीय राष्ट्रिय महिला टोलीको छनोट गरेका थिए ।
टोलीमा लक्ष्मी चन्दले पहिलोपटक स्थान बनाउँदा शान्ति थारु, कृपा अधिकारी, कामना बिस्ट र मनीषा चौधरीले टोलीमा पुनरागमन गरेका हुन् ।
विभागीय टोली त्रिभुवन आर्मीकी कप्तान कृपा अधिकारीले यसअघि विभागीय तालिममा रहेका कारण प्रशिक्षणमा सहभागी भएकी थिइनन् । यस्तै पुलिसकी कामना भने चोटका कारण आराममा रहेकी थिइन् ।
विगत लामो समय देखी निरन्तर राष्ट्रिय महिला भलिबल टोलीकी सदस्य रहँदै आएकी एपिएफकी रेश्मा भण्डारीसहित पुनम चन्द, शान्तिकला तामाङ, उषा विष्ट र जानकी भण्डारी यस अघिनै टोली बाहिर रहे ।
अन्तिम छनोटबाट एपीएफकि कविता भट्ट र निरुता ठगुन्ना बाहिर रहँदा आर्मीकी सरस्वती जैसी आउट भइन ।
बंगलादेशमा डिसेम्बर २१ देखि २९ सम्म आयोजना हुने प्रतियोगिताको लागि नेपाली महिला र पुरुष टोलीले प्रशिक्षण सुरु गरेका हुन् ।
छनोट भएका १२ खेलाडी :
१- प्रतिभा माली २- सरस्वती चौधरी ३- शान्ति थारु ४- उषा भण्डारी ५- सफिया पुन ६- सुनिता खड्का ७- मनीषा चौधरी ८- कामना विष्ट ९- लक्ष्मी चन्द १०- सलिना श्रेष्ठ ११- अरुणा शाही १२- कृपा अधिकारी





