२०८३ वैशाख ७ गते सोमवार | April 20, 2026

गृहपृष्ठ जावलाखेललाई पहिलो तीन अंक

जावलाखेललाई पहिलो तीन अंक

काठमाडौं, ३ पुस। सहिद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लबले पहिलो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न खेलमा जावलाखेल युथ क्लबले च्यासल युथ क्लबलाई १-० अन्तरले हराएको हो ।

३८औं मिनेटमा विदेशी मिडफिल्डर निकोलास फर्नान्डेजले गरेको गोलमा जावलाखेलले अग्रता लियो । फर्नान्डेजले ओनयुना जनियरको पासलाई पोस्टको दिशा दिएका थिए ।

लिगको पाँचौ खेलमा आएर जावलाखेलले गोल खाता खोलेको हो । यसअघि पहिलो र दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र नेपाल पुलिस क्लबलाई समान १-० को नतिजा सुम्पिएको जावलाखेलले तेस्रो खेलमा मच्छिन्द्र क्लबलाई २-० को नतिजा सुम्पिएको थियो भने चौथो खेलमा एपिएफसँग गोलरहित बराबरी खेलेको थियो ।

जावलाखेलको पाँच खेलमा चार अंक छ भने समान खेलमा च्यासलको पनि समान चार अंक छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार हुने दोस्रो खेलमा थ्री स्टार क्लबले न्युरोड टिम (एनआरटी)को सामना गर्दैछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार