२०८३ भदौ १ गते सोमवार | August 17, 2026

गृहपृष्ठ लिभरपुल लेस्टरसँग स्तब्ध

लिभरपुल लेस्टरसँग स्तब्ध

काठमाडौं,१४ पुस।  इंग्लिस प्रिमियर लिग फुटबलमा दोस्रो स्थानमा रहेको लिभरपुर स्तब्ध बनेको छ ।  मंगलबार राति घरेलु मैदानमा लेस्टर सिटीसँग १-० ले पराजित भएसँगै लिभरपुलले हार व्यहाेरेकाे हाे ।

खेलकाे ५९ मिनेटमा एडेमोला लुकम्यानकाे गोलबाट सिटीले अग्रता बनाएको थियो ।

बाँकी समय गोल हुन नसक्दा सोही गोल निर्णायक रह्यो । योसँगै शीर्ष स्थानको  म्यानचेस्टर सिटीले ६ अंकको अग्रता बनाएको छ ।

पराजित  लिभरपुल १९ खेलबाट ४१ अंकका साथ दोस्रो स्थानमा छ ।  लेस्टर सिटी भने १८ खेलबाट २५ अंकका साथ तालिकाको नवौं स्थानमा रहको छ ।

अन्य खेलमा बेस्ट ह्याम युनाइटेडले वाटफोर्डमाथि ४–१ गोल अन्तर, नर्विच सिटीले क्रिष्टल प्यालेससँग ३–० गोल अन्तरले पराजित  गर्दा   साउथह्याम्पटन र टोटनह्यामले  १–१ गोलको बराबरी खेले ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार