२०८३ असार १८ गते बिहीवार | July 02, 2026

गृहपृष्ठ पीएम कप क्रिकेट टी-२० फर्म्याटमा

पीएम कप क्रिकेट टी-२० फर्म्याटमा

काठमाडौं, २२ पुस।  नेपाल क्रिकेट संघ (क्यान)ले पहिलोपटक प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगिता टी-२० फर्म्याटमा आयोजना गर्ने भएको छ ।

क्यानका कार्यबाहक सविच प्रशान्तबिक्रम मल्लले २६ पुसबाट सुरु हुने प्रतियोगिता अब टी-२० फर्म्याटमा हुने न्युज कारखानालाई बताए । ‘आज राखेपबाट स्वीकृत भएको छ । अब टी-ट्वान्टी फर्म्याटमा प्रतियोगिता हुन्छ,’ उनले भने ।

यसअघि प्रतियोगिता एकदिवसीय (५० ओभर) हुने गरेको थियो । नेपालले आगामी महिना ओमानमा आयोजना हुने आईसीसी टी-२० विश्वकपको ग्लोबल छनोट खेल्दैछ । त्यसको तयारीमा लागि नेपाली टोलीले आफ्नो अभ्याससमेत सुरु गरिसकेको छ ।

२६ पुसबाट हुने भएसँगै क्यानले सहभागी खेलाडीलाई छाड्नेछ । प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय गरी १० टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ३६ लाख ५० हजार विनियोजन गरेको कार्यबाहक सचिव मल्ले जनाए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार