गृहपृष्ठ फिफा वरीयतामा सुधार गर्दै नेपाल उक्लियो दुई स्थान माथि
फिफा वरीयतामा सुधार गर्दै नेपाल उक्लियो दुई स्थान माथि
काठमाडौँ । विश्व फुटबल महासंघ (फिफा) वरीयतामा नेपालले दुई स्थान सुधार गरेको छ। फिफाले बिहीबार सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपालले सुधार गरेको हो।नयाँ वरीयता अनुसार समग्रमा १६७औँ स्थानमा रहेको छ। यसअघि नेपाल १६९औँ स्थानमा थियो। दक्षिण एसियामा भने नेपाल तेस्रो स्थानमा छ। भारत र माल्दिभ्सपछि नेपाल तेस्रो स्थानमा रहेको हो।
भारत समग्रमा १०४औँ र माल्दिभ्स १५७औँ स्थानमा छन्।बंगलादेश १८६औँ, भुटान १८५ औँ, पाकिस्तान १९७ औँ र श्रीलंका २०४औँ स्थानमा छन्। दक्षिण अफ्रिकी मुलुक मोरिसससँग दुई खेलमा विजयी भएपछि नेपालले फिफा वरीयता सुधार गरेको हो।
फिफाको पहिलो स्थानमा बेल्जियम छ भने ब्राजिल दोस्रो, फ्रान्स तेस्रो, अर्जेन्टिना चौथो स्थानमा छन्।






