२०८३ वैशाख ११ गते शुक्रवार | April 24, 2026

गृहपृष्ठ चार देशीय टी-२० सिरिजको पहिलो खेलमा ओमान नेपालसंग ६ विकेटले पराजित

चार देशीय टी-२० सिरिजको पहिलो खेलमा ओमान नेपालसंग ६ विकेटले पराजित

काठमाडौं । चार देशीय टी-२० सिरिजको पहिलो खेलमा नेपाल विजयी भएको छ । नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको हो । नेपालको जितमा दिपेन्द्रसिंह ऐरीले ५३ बलमा ८ चौका र १ छक्काको मद्दतमा अविजित ७३ रन बनाएपछि १३६ रनको लक्ष्य नेपालले ३ बल अगावै पूरा गरेको हो ।

त्यस्तै आरिफ शेखले २० बलमा २५ रन बनाए । ओपनर आरिफ शेख १४, ज्ञानेन्द्र मल्ल १३, अर्का ‌‌ओपनर प्रदीप ऐरीले ४ बनाउँदा शरद भेषावकरले अविजित ४ रन बनाए । ओमानका लागि कल्लीमुहाले २ र खावर अलीले १ विकेट लिए ।

यस अघि टल हारेर ब्याटिङक निम्तो पाएको ओमनले १३५ रन बनाएको थियो । ओमानका कप्तान जिशान मकसुदले अविजित ४३ रन बनाए । मोहम्मद नदिमले ३१ रन बनाए । त्यस्तै, कश्यप प्रजपति ११, जतिन्दर सिंह १३, शोइब खान ११, आयन खान ११ र कुर्राम नवाजले ६ रन बनाए ।नेपालका अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए । नेपालका कप्तान सन्दीप लामिछाने, कमलसिंह ऐरी र आरिफ शेखले १र१ विकेट लिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार