२०८३ वैशाख ९ गते बुधवार | April 22, 2026

गृहपृष्ठ साउथह्याम्पटनद्वारा नर्विच सिटीमाथि सहज जित

साउथह्याम्पटनद्वारा नर्विच सिटीमाथि सहज जित

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा साउथह्याम्पटनले नर्विच सिटीमाथि सहज जित निकालेको छ।

शुक्रबार राति घरेलु मैदानमा भएको खेलमा साउथह्याम्पटनले नर्विच सिटीलाई २(० गोल अन्तरले हराएको हो ।

साउथह्याम्पटनलाई जित दिलाउन चे एडम्स र ओरिओल रोमेउले एक एक गोल गरे । खेलको ३६ औँ मिनेटमा एडम्सको गोलबाट अग्रता लिएको साउथ ह्याम्प्टनका लागि ८८औँ मिनेटमा रोमेउले दोस्रो गोल गरे।

जितसँगै साउथ ह्याम्प्टन २६ खेलबाट ३५ अंक जोडेर नवौँ स्थानमा उक्लिएको छ। पराजित नर्विच भने अन्तिम स्थानमा छ ।

लिगमा आज राति ६ वटा खेल हुँदैछन् । म्यानचेस्टर सिटी २६ खेलबाट ६३ अंक जोडेर पहिलो स्थानमा तथा लिभरपुल समान खेलबाट ६० अंक जोडेर दोस्रो स्थानमा छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार