गृहपृष्ठ विश्व फुटबलको सर्वोच्च निकाय फिफा र यूईएफएले लगायो रुसमाथि प्रतिबन्ध
विश्व फुटबलको सर्वोच्च निकाय फिफा र यूईएफएले लगायो रुसमाथि प्रतिबन्ध
काठमाडौं । रुसमाथि फिफा र र यूईएफएले प्रतिबन्ध लगाएका छन् । रुसले युक्रेनमाथि आक्रमण गरेपछि युक्रेनी जनतासँग ऐक्यवद्धता जनाउँदै विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले प्रतिबन्ध लगाएका हुन् ।
प्रतिबन्ध मात्र लगाएका छैनन् फिफा र युईएफएले रुसको राष्ट्रिय टिमसँग सबै क्लबका खेलमा समेत रोक लगाएका छन् । यो प्रतिबन्धनले रुस आगामी मार्चमा हुने पोल्याण्ड विरुद्धको विश्वकप छनोट अन्तर्गतको प्ले अफ खेल्न नपाउने भएको छ ।
रुसी क्लब मस्को युरोपा लिगबाट समेत बाहिर पुगेको छ । आइतबार रुसलाई राष्ट्रिय झण्डा र राष्ट्रिय गान बिना अन्तर्राष्ट्रिय फुटबल खेल्नु भनेको फिफाले मंगलबार प्रतिबन्ध लगाएको हो ।





